कतारी राजाको जहाजले रोक्यो उडान अवतरण, विमानस्थल बन्दले केही जहाज आकाशमै होल्ड




काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ ।

थानी मंगलबार दिउँसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै निजी जहाजहाबाट अवतरण गर्दा विमानस्थल कार्यालयले अरु विमानहरुको लागि भने आधा घण्टा नोटाम लागू गरेको छ ।

भिभिआईपीको उडान अवतरण हुँदा विमानस्थल बन्द गर्न नोटिस टु एयरम्यान (नोटाम) जारी गर्ने गरेको छ । कतारी राजाको जहाज अवतरण हुने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले अरु जहाजले भने आकासमै होल्ड भएका हुन् ।

काठमाडौंबाट उड्ने जहाजलाई भने केही समय रोकेर राखिएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमनस्ठल कार्यालका अनुसार केही समयपछि हाेल्ड भएका जहाजले अवतरण गर्ने छन् ।

कतारी राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् ।


क्लिकमान्डु