कतारका राजा थानी काठमाडौं ओर्लिए, राष्ट्रपति पौडेलद्वारा स्वागत (तस्बिरहरु)



काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् ।

थानी मंगलबार दिउसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनी निजी जहाजबाट काठमाडौं आएका हुन् ।

विमानस्थल कार्यालयका अनुसार कतारी राजाको जहाज अवतरण गरिसकेको छ भने उनीसँगै आएको अर्को जहाज १० मिनेटपछि अवतरण गर्ने भएको छ । उनलाई विमान अवतरण भएको स्थानमा पुगेर ऊर्जामन्त्री शक्ति बस्नेतले स्वागत गरेका थिए ।

भिआइपीओ सवारी भएकोले विमानस्थल आधा घण्टा बन्द भएको छ ।


क्लिकमान्डु