१० बैंकले बनाउँदैछन् सेयरधनीलाई निराश: लाभांश धेरै दिने क्षमता एभरेष्टको, कुनको वितरणयोग्य नाफा कति ?



काठमाडौं । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था अनुसार करिब १ दर्जन बैंकले आगामी आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्दैनन् ।

सञ्चालमा रहेका २० वटा बैंकमध्ये चैत मसान्तसको वित्तीय अवस्था हेर्दा १० वटाको लाभांश दिनसक्ने क्षमता ऋणात्मक रहेको छ । बाँकी १० बैंकको चैत मसान्तसम्मको वित्तीय अवस्था अनुसार थोरै भए पनि लाभांश दिन सक्ने देखिएको छ ।

बैंकहरुले प्रकाशन गरेको चैतसम्मको अपरिस्कृत वित्तीय अवस्थाअनुसार सबैभन्दा बढी लाभांश दिन सक्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । चैत मसान्तसम्मको वितरणयोग्य नाफाबाट बैंकले २३.३७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बैंकको रहेको छ ।

चैत मसान्तसम्म बैंकको विवरण योग्य नाफा २ अर्ब ७५ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको छ ।

२० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने क्षमता एभरेष्ट बैंकसँग मात्रै रहेको छ भने १० प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने क्षमता एउटा बैंक मात्रै रहेको छ ।

चैत मसान्तसम्मको वित्तीय अवस्थाअनुसार स्टयान्डर्ड चार्टर्ड बैंकले १९.२७ प्रतिशत लाभांश दिन सक्ने क्षमता राखेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ७२ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

नबिल बैंकको लाभांश दिन सक्ने क्षमता ५.७१ प्रतिशत रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख ८६ हजार रुपैयाँ रहेको छ ।

कृषि विकास बैंकको लाभांश दिन सक्ने क्षमता ५.९७ प्रतिशत रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब १२ करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ ।

यस्तै ८३ करोड ४३ लाख ६० हजार रुपैयाँ वितरणयोग्य नाफा भएको नेपाल एसबिआई बैंकको लाभांश दिनसक्ने क्षमता ७.९४ प्रतिशत रहेको छ । त्यस्तै ७५ करोड ६८ लाख २२ हजार रुपैयाँ वितरणयोग्य नाफा भएको सानिमा बैंकको लाभांश दिन सक्ने क्षमता ५.५७ प्रतिशत रहेको छ ।

वितरणयोग्य नाफा धनात्मक भए पनि प्राइम कमर्सियल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र सिटिजन्स बैंक न्यून लाभांश क्षमतामा छन् । उनीहरुको हालको नाफाले उल्लेख्य रुपमा लाभांश बाँड्न पर्याप्त नहुने देखिएको छ । हाल यी बैंकहरुले चुक्ता पुँजीको क्रमशः १.६१ प्रतिशत, १.५७ प्रतिशत, ०.७ प्रतिशत र ०.१३ प्रतिशत लाभांश दिन सक्ने अवस्था छन् ।

प्राइम र राष्ट्रिय वाणिज्य बैंकको लाभांश दिनसक्ने क्षमता २ प्रतिशतभन्दा कम रहेको छ । ३१ करोड ३३ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको बैंकको लाभांश दिन सक्ने क्षमता १.६१ प्रतिशत रहेको छ । २४ करोड ६२ लाख २० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको राष्ट्रिय वाणिज्य बैंकको लाभांश दिन सक्ने क्षमता १.५७ प्रतिशत रहेको छ ।

यस्तै ज्यादै न्यून अर्थात १ प्रतिशतभन्दा कम लाभांश क्षमता भएका दुई बैंक रहेका छन् । १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको प्रभु बैंकको लाभांश दिन सक्ने क्षमता ०.७० प्रतिशत रहेको छ भने १ करोड ८९ लाख १९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको सिटिजन्स बैंकको लाभांश दिन सक्ने क्षमता ०.१३ प्रतिशत रहेको छ ।

चैत मसान्तसम्मको विवरणअनुसार १० वटा बैंक लाभांश दिन सक्ने क्षमता ऋणात्मक रहेको छ । आगामी आवमा ती बैंकहरुले सेयरधनीको हात खाली बनाउने भएको छन् ।

आगामी आवमा सेयरधनीको हात खाली बनाउने बैंकमा सिद्धार्थ, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि, नेपाल, लक्ष्मी सनराइज, कुमारी, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

चैत मसान्तसम्मको विवरण अनुसार सिद्धार्थको वितरणयोग्य नाफा २७ करोड १२ लाख २ हजार, माछापुच्छ्रे बैंकको ३० करोड ५६ लाख ३६ हजार, ग्लोबल आइएमईको ४२ करोड ३१ लाख २ हजार रुपैयाँ, एनएमबि बैंकको ४२ करोड ९२ लाख ५६ हजार ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा नेपाल बैंकको १ अर्ब ४ करोड ६६ लाख ३३ हजार, लक्ष्मी सनराइज बैंकको १ अर्ब २४ करोड ८४ लाख, कुमारी बैंकको ४ अर्ब २० करोड ५२ लाख २९ हजार, एनआइसी एशिया बैंकको १ अर्ब ७२ करोड ५६ लाख ४२ हजार, नेपाल इन्भेष्टमेन्ट मेगाको ५ अर्ब ८ करोड १६ लाख २६ हजार र हिमालय बैंकको वितरणयोग्य नाफा ५ अर्ब २४ करोड २८ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यी कम्पनीका सेयरधनीले पाउने लाभांश ऋणात्मक रहेको छ ।

यो विवरण वार्षिकीकरण हैन । अहिले बैंकहरुले चैत मसान्तको वित्तीय अवस्था सार्वजनिक गर्दा बार्षिकीकरण गरेर प्रकाशन गरेका छन् ।


क्लिकमान्डु