पप्पुसहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माणकार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत ३४ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मंगलबार सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले कालोसूचीमा परेका ३४ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।

कार्यालयले पप्पुलाई २ वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले प्रेम निर्माण सेवा प्रालि, सप्तकोशी जलाधार निर्माण कम्पनी, ओम साई एन्ड कम्पनी, युनिभर्सल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट प्रालि, कोशी एन्ड न्यौपाने, ओम साई क्न्स्ट्रक्सन, ए वान खप्तड कन्स्ट्रक्सन एन्ड अर्डर सप्लायर्सलाई कालोसूचीमा राखेको छ ।

त्यस्तै चण्डी निर्माण सेवा, सिद्धबाबा कन्स्ट्रक्सन, महेश इन्जिनियरिङ, नवीन कन्स्टर्क्सन, भाव्या कन्स्ट्रक्सन, प्रेम निर्माण सेवा, अमन कन्स्ट्रक्सन, साहनी बिल्डर्स र मामाभाञ्जा निर्माण सेवा कालोसूचीमा परेका छन् ।

कार्यालयले कर्मभूमि कन्स्ट्रक्सन, सुस्मन कन्स्ट्रक्सन, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन, मुस्कान कन्स्ट्रक्सन, जीएस एन्ड एसएस कन्स्ट्रक्सन पनि कालोसूचीमा परेका छन् ।

त्यस्तै, उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन प्रालि, कार्चेन कन्स्ट्रक्सन, स्नेहा निर्माण सेवा र खड्कादेवी कन्स्ट्रक्सनलाई पनि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


क्लिकमान्डु