राज्यको लगानी रहेको कम्पनी बेचेर १ अर्ब अमेरिकी डलर उठाउने इजिप्टको लक्ष्य



एजेन्सी । इजिप्ट सरकारले चलाइरहेको निजीकरण कार्यक्रममार्फत राज्यको स्वामित्व भएका कम्पनीहरु बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको जनाएको छ।

इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल–साइडले राज्यका लगानी रहेको कम्पनीहरुको स्वामित्व बेचेर वर्षको अन्त्यसम्ममा १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको बताइन् ।

सरकारले सन् २०२५ सम्ममा १.५ अर्ब अमेरिकी डलर संकलन गर्नसक्ने उनको भनाइ छ ।

यस कार्यक्रम अन्तर्गत यसअघिको उपलब्धिको तुलनामा यो संशोधित लक्ष्य निकै कम हो । अप्रिल २०२२ देखि गत वर्षको अन्तिमसम्म करिब ५.६ मिलियन डलर उठेको थियो ।

यसअघि फेब्रुअरीमा वित्त मन्त्री मोहम्मद मेतका अनुसार, रणनीतिक लगानीका तथा स्टक एक्सचेन्जमा आईपीओका माध्यमबाट राज्यको स्वामित्व रहेको उद्योगबाट सरकारको हिस्सेदारी बेच्न केन्द्रीत कार्यक्रमले २०२४ को अन्त्यसम्ममा करिब ६.५ बिलियन डलर संकलनको लक्ष्य निर्धारित गरेको थियो ।


क्लिकमान्डु