शौर्य सिमेन्टले ६ महिनामा गर्‍यो साढे २ अर्बको व्यापार, ऋणका लागि १४ अर्बको रेटिङ



काठमाडौं । शौर्य सिमेन्टले सन् २०२४ को ६ महिनाको अवधिमा २ अर्ब ५८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ७ अर्ब ४३ करोड र सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२२ को अगस्टमा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सुलभ अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १४ अर्ब १ करोड ८६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब ८५ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनद्यि ग्रान्डिङ सिमेन्टसँग क्लिङ्कर पनि उत्पादन गर्दै आएको छ । कम्पनीसँग दैनिक ३ हजार टन क्लिङ्कर उत्पादन गर्ने क्षमता छ । कम्पनीको प्रबर्द्धकहरुसँग प्रत्यक्ष र अप्रत्यक्ष गरी ७ वटा खानीको पहुँच छ । उक्त खानीहरु आगामी दिनमा एकै ठाउँमा ल्याउने योजना बनाएको छ ।

कम्पनीको देशभर ८० वटाभन्दा बढी वितरक र १८ सयभन्दा बढी डलर छन् । कम्पनीले शौर्य ब्राण्डमा उत्पादित सिमेन्ट विक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु