युक्रेन-रुस युद्धः अमेरिकी संसदले स्वीकृत गर्‍यो ६१ अर्ब डलरको सहायता



काठमाडौं । रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनका लागि अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले अन्ततः अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ ।

शनिबार पारित यो सम्झौताको विरोधमा अमेरिकी कांग्रेसमा धेरै मत भएका कारण ६१ अर्ब अमेरिकी डलर (४९ अर्ब पाउन्ड) प्याकेज स्वीकृत हुन ढिलाइ भएको थियो ।

तर, यो सम्झौता स्वीकृत भएसँगै सबैको ध्यान ‘के’ बाट ‘जब’ घातक सहायता आइपुग्छ कि भन्नेमा सरेको छ । तर, प्रतिवेदनका अनुसार केहि दिनमा यसको टुगो लाग्ने छ ।

सम्झौता स्वीकृत हुनअघि अमेरिकी राष्ट्रपति जो बिडेनले यस कदमले विदेशमा अमेरिकी नेतृत्वको बारेमा ‘स्पष्ट सन्देश’ जाने बताएका थिए ।

‘लोकतन्त्र र स्वतन्त्रताको सधैं विश्वव्यापी महत्व रहनेछ र जबसम्म अमेरिकाले यसलाई रक्षा गर्न मद्दत गर्छ तबसम्म त्यो असफल हुँदैन,’ सम्झौता लगत्तै कृतज्ञता व्यक्त गर्दै युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले भने ।

यस सहयोगले युद्धलाई विस्तार हुनबाट जोगाउने र हजारौंको ज्यान बचाउने पनि उनले बताए ।

तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस प्याकेजले ‘संयुक्त राज्य अमेरिकालाई अझ धनी बनाउने, युक्रेनलाई थप विनाश गर्ने र अझ धेरै युक्रेनीहरूको मृत्यु हुने’ प्रतिक्रिया दिए।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरदेखि दुबै पक्षका दसौं हजार मानिसहरू, मुख्यतया सैनिकहरू, मारिएका वा घाइते भएका छन । यसका साथै, लाखौं युक्रेनीहरूले आफ्नो घर छोडेर भाग्नु परेको छ ।

पारित भएको वैदेशिक सहायता प्याकेजमा पनि यस्ता छन्:

इजरायलको लागि सैन्य सहयोगमा २६.४ अर्ब अमेरिकी डलर र गाजाको लागि मानवीय सहायताअनतर्गत ९.१ अर्ब अमेरिकी डलर छुट्याइएको छ ।

ताइवान लगायत एशिया–प्रशान्त क्षेत्रका सहयोगीहरूलाई ‘कम्युनिष्ट चीनको प्रतिरोध गर्न’ को लागी ८.१ अर्ब अमेरिकी डलरको सहायता ।

११२ मतको विरुद्ध ३११ मतले सम्झौता पारित हुँदा अमेरिकी सदनमा केही प्रतिनिधिले युक्रेनी झण्डा फहराउँदै हर्ष ब्यक्त गरेका थिए भने धेरैले ताली बजाएका थिए ।

अब उक्त सम्झौता सिनेटमा जानेछ । र राष्ट्रपति बिडेनले कानुनमा हस्ताक्षर गर्नु केहि दिनअघि यो पारित हुने अपेक्षा गरिएको छ।

नतिजालाई स्वागत गर्दै, बिडेनले ‘इतिहासको मागको सम्बोधन’ गर्ने द्विपक्षीय प्रयासको प्रशंसा गरे र सिनेटलाई पनि चाँडै अनुमोदन गर्न आग्रह गरे, ‘ताकि म यस कानुनमा हस्ताक्षर गर्न सकूँ र हामीले तुरुन्तै युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न युक्रेनमा हतियार र उपकरणहरू पठाउन सकौं’, उनले भने ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सहायतामा भएको उल्लेख्य वृद्धि युरोपेलीहरूले युक्रेनलाई प्रदान गरिँदै आएको दसौं अर्बको सहयोगको पुरक हुने बताएका छन् ।

‘युक्रेन रुसको विरुद्धमा प्राप्त गर्न सक्ने सबै समर्थनको हकदार छ,’ ईयू प्रमुखहरू उर्सुला भोन डर लेयन र चार्ल्स मिशेलले संयुक्त वक्तव्यमा भनेका छन् ।

बीबीसी वर्ल्ड सर्भिसको एक कार्यक्रममा बोल्दै युक्रेनका विदेश मामिला समितिका प्रमुख ओलेक्सान्डर मेरेज्कोले यस मतदानलाई ‘ऐतिहासिक निर्णय’ भनेर वर्णन गरे । यसले ‘पक्कै पनि हाम्रा नागरिक र हाम्रा सैनिकहरूको धेरै ज्यान बचाउनेछ,’ उनले भने, ‘यसले हामीलाई बल दिन्छ, यसले हामीलाई लडाइँ जारी राख्ने साहस र संकल्प दिन्छ, र म पक्का छु कि अगाडिको अवस्था चाँडै हाम्रो पक्षमा परिवर्तन हुनेछ ।’

पश्चिमी हतियारहरूमा भर परेको युक्रेनलाई रुसविरुद्ध युद्ध जारी राख्न सहायताको सख्त आवश्यकता छ किनकि यसले आक्रमणकारी रूसी सेनाहरूलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ, जसले हालैका हप्ताहरूमा विस्तारै प्रगति पनि गरिरहेको छ ।

युक्रेनी सैनिकहरू थोरै हतियारको बलमा युद्ध लडिरहेका छन् । त्यसैले अमेरिकी सहयोग बिना युक्रेनले युद्ध हार्ने जेलेन्स्की र सीआईए प्रमुख विलियम बन्र्स दुबैले भनाइ छ ।

यो चाँदीको घेरा होइन जसले युक्रेनलाई युद्ध जित्न मद्दत गर्नेछ तर यसले युद्धलाइृे निरन्तर गर्न र वार्ताको टेबुललाई दबाब कायम राख्न मद्दत गर्दछ ।

यस सम्झौता अगाडि बढाउन रिपब्लिकनहरूले महिनौंदेखि ढिलाइ गरिरहेका थिए । उनीहरूले अमेरिका–मेक्सिको सीमा मुद्दालाई सम्बाबेधन गर्नुको सट्टा विदेशमा पैसा पठाउनको लागि आपत्ति जनाएका थिए ।

तर, शनिबार, सम्झौता सहज बहुमतबाट पारित भएको थियो ।

जबकि सबै २१० डेमोक्र्याटहरूले सम्झौताको पक्षमा मतदान गरेका थिए भने केहि रिपब्लिकनहरूले पनि पक्षमा मतदान गरे । यसबाट रिपब्लिकन हाउसका अध्यक्ष माइक जोनसनको लागि भने समस्या निम्त्याउन सक्ने आशंका गरिएको छ ।

किनकि तीन हाउस रिपब्लिकनले पहिले नै उनलाई सभामुख पदबाट हटाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले अर्को हप्ता यस विषयमा पनि मतदान गर्न बाध्य पार्न सक्ने आंकलन गरिएको छ ।

यदि यसो भयो भने युक्रेन सम्झौताको लागि अमेरिकी सभामुखले राजनीतिक मूल्य चुकाउनु पर्ने हुन सक्छ । तर, अर्बौं डलरको नयाँ सहायताले आगामी महिनाहरूमा युक्रेनी युद्ध प्रयासलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु