निम्बस ग्रुपको दाना बेच्ने प्रोबायोटेक उद्योगको व्यापार २४% ले घट्यो, साढे ११ अर्बको कारोबार



काठमाडौं । निम्बस ग्रुपको दाना बेच्ने प्रोबायोटेक उद्योगको व्यापार २३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २३.५१ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा १४ अर्ब ९३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ११ अर्ब ४२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२१ मा ११ अब १० करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब २५ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ७ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीकाअनुसार सन् २०२३ मा अर्थतन्त्रमा देखिएको समस्याका कारणमा बजार मागमा कमी आउँदा व्यापार घटेको हो । त्यस्तै सन् २०२३ को ८ महिनाको तुलनमा सन् २०२४ को सोही अवधिमा ४२ प्रतिशतले व्यापार घटेको उल्लेख छ।

सन् २००१ मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले पशुपन्छीका लागि विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ । साथै कम्पनीले कच्चा तेल प्रशोधन गर्दै आएको छ भने विभिन्न प्रकारका दाल पनि प्रशोधन गर्दै आएको छ ।  

कम्पनीसँग वार्षिक १ लाख मेट्रिक  टन कविभिन्न प्रकारका दाना प्रशोधन गर्ने क्षमता छ । त्यससँगै ६९ हजार ५ सय मेट्रिक टन सोया एक्स्ट्र्याक्सन,  ४९ हजार खाद्य तेल, २३ हजार मेट्रिक टन पिठो/नगेट र ३० हजार मेट्रिक टन दाल उत्पादन क्षमता छ ।

कम्पनीले उत्पादन वस्त विभिन्न प्रकारका ब्राण्डमा बिक्री विरतरण गर्दै आएको छ । कम्पनीले ब्यन्जन,  शक्ति, शक्ति हाई-गेन, सोयाम्याक्स, सुनौलो किरण, प्रोभिट र प्रोमिन ब्राण्डमा उत्पादन वस्तु बिक्री वितरण गर्दै आएको छ ।

नेपालको पहिलो दाना उद्योगको रुपमा स्थापित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४३ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ९१ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२३ मा व्यापार गरेकोमध्ये ५७ प्रतिशत हिस्सा दानाको सेग्मेन्टबाट भएको छ । बाँकी खाद्यको सेग्मेन्टबाट भएको छ ।


क्लिकमान्डु