नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ३ अर्ब २७ करोड, २३ करोडले नाफा बढाउन सफल



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा २२ करोड ९१ लाख रुपैयाँले बढको छ ।

गत वर्ष यो बैंकले कमाएको यस्तो नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । यो बैंकले कमाएको यस्ते नाफा चालु आवको तेस्रो त्रैमाससम्मा ७.५२ प्रतिशतले मात्रै बढेको छ ।

बैंकको सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस्तो सञ्चालन नाफा गत वर्षको सोही अवधिसम्ममा त्रैमाससम्ममा ५ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । चालु आवको चैतसम्ममा बैंकले गरेको ब्याज आम्दानी ११ अर्ब ३ करोड रुपैयाँ छ । बैंकको यस्तो ब्याज आम्दानी गत वर्षको चैतसम्ममा ७ अर्ब ७९ करोड रुपैयाँ मात्रै थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नेट फि एण्ड कमिसनमाबाट चालु आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानी गत वर्षको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ मात्रै थियो ।

यो बैंकले चालू आवको ९ महिनासम्ममा ग्राहकबाट ४ खर्ब ३ अर्ब रुपैयाँ संकलन गरेको छ । यस्तो निक्षेपबाट बैंकले ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २९ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकको कुल पुँजी ८९ करोड रुपैयाँ छ ।

यो बैंकको कुला ऋणको ४.६६ प्रतिशत खराब कर्जा अनुपात रहेको छ । यस्तो खराब कर्जा अनुपात गर्न वर्षको सोही अवधिमा ३.९४ प्रतिशत मात्रै थियो । बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५७ पैसा छ । यसको चैतसम्मको कुला वितरणयोग्य नाफा भने ५ अर्ब ८ करोड रुपैयाँले ऋणात्मक छ ।


क्लिकमान्डु