डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा वोनस अफर



काठमाडौं । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्छन् उतिनै रकम वोनस स्वरुप प्राप्त गर्ने भएका छन् ।

ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने छन् ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरु लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्ने छन् उति पैसा वोनस स्वरुप पाउने छन् ।

यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै वोनस प्राप्त गर्ने छन् । यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने कम्पनीले जनाएको छ ।

डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।


क्लिकमान्डु