मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार



धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरे । त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरे ।

साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका छन् भने लुङ्गेली नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र थापा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेशसभा सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आजै पद तथा गोपनीयताको सपथ लिए । राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट सपथ लिए ।


क्लिकमान्डु