लगानी कोष र सिउरी न्यादीबीच सम्झौता, तीन करोडभन्दा बढिको कित्ता शेयर निष्कासन हुँदै



काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा बिहिबार हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन । न्यादीले प्रतिकित्ता एक सय रुपैयाँका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ ।

उक्त शेयरको तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय रुपैयाँ बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग शेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।


क्लिकमान्डु