सुनको मूल्य १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
गत चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम गरेको थियो ।
उक्त रेकर्ड ब्रेक गर्दै मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुन १ लाख ३७ हजार ५ सयमामा कारोबार भएको थियो
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएको छ ।