पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, नयाँ मूल्य कति ?



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढेको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ समान दरले बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल अबदेखि प्रतिलिटर १ सय ७८ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ६१ रूपैयाँ कायम भएको छ ।

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको भन्दै निगमले नेपालमा पनि भाउ बढाएको हो ।


क्लिकमान्डु