सरकारले २ खर्ब ३८ अर्ब नयाँ ऋण थप्यो, ब्याज तिर्न मात्र ५६ अर्ब ६५ करोड खर्च



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँ ऋण थप गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्मको ९ महिनामा सरकारले आन्तरिक ऋण १ खर्ब ७५ अर्ब ४० करोड र बाह्य ऋण ३३ अर्ब ७४ करोड रुपैयाँ थप गरेको हो । यो ऋण लिएवापत सरकारले ५६ अर्ब रुपैयाँ ब्याज मात्रै तिरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैतमा सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म सरकारको ऋण दायित्व २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यो ऋणमध्ये ११ खर्ब ७९ अर्ब रुपैयाँ आन्तरिक र १२ खर्ब ६ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ ।

सरकारले लिएको कुल सार्वजनिक ऋणका लागि यो वर्ष १ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ आन्तरिक ऋणको लागि र २६ अर्ब ८७ करोड रुपैयाँ बाह्य ऋणको लागि सावा भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण चैतसम्मा बढेर २३ अर्ब ८५ अर्ब रुपैयाँ पुगेको हो ।


क्लिकमान्डु