सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भई  प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर  १७ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु