वाणिज्य बैंकको औसत आधारदर ९%भन्दा कम, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?



काठमाडौं । बैंकहरुले नयाँ वर्ष अर्थात वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । मुद्दती निक्षेपमा पैसा राख्ने निक्षेपकर्तालाई बैंकले निरास बनाए पनि कर्जा लिने ग्राहक भने केहीहदसम्म खुसी भएका छन् ।

अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा कम छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम स्टयाण्डर्ड चार्डर्ड बैंकको ७.२९ प्रतिशत रहेको छ ।

१० प्रतिशतभन्दा कम आधारदर हुनेमा ९ वटा बैंक रहेका छन् । हिमालयन बैंकको ९.८५ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.०३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.६४ प्रतिशत, प्राईम बैंकको ९.६७ प्रतिशत, माच्छापुच्छ्रे बैंकको ९.०१ प्रतिशत, कुमारी बैंकको ९.७४ प्रतिशत, सिटिजन्स बैंकको ९.५८ प्रतिशत, एनआईसी एशिया बैंकको ९.१३ प्रतिशत र एनएमबि बैंकको ९.१४ प्रतिशत रहेको छ ।

यस्तै ८ प्रतिशतभन्दा कम आधारदर हुने बैंकमा ८ वटा बैंक रहेका छन् । कृषि विकास बैंकको ८.८८ प्रतिशत, नेपाल बैंकको ८.२७ प्रतिशत, एभरेष्ट बैंकको ८.३९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.४७, प्रभु बैंकको ८.६२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.७७ प्रतिशत, सानिमा बैंकको ८.६७ प्रतिशत, नबिल बैंकको ८.६१ प्रतिशत र सिद्धार्थ बैंकको ८.७५ प्रतिशत रहेको छ ।

यस्तै ७ प्रतिशत भन्दा कम हुनेमा २ वटा बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ७.६२ र स्टयान्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा आधारदरमा प्रिमियम जोडिने गर्छ । सञ्चालित बैंकको आधारदर केही बैंकले अधिकतम ५ प्रतिशत प्रिमियम जोडने गरेका छन् ।

नयाँ वर्षमा बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ब्याज हिमालयन बैंकबाट ऋण लिँदा लाग्ने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १४.८५ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै प्राइम बैंकबाट कर्जा लिँदा अधिकतम १४.६७ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ ।

बैंकबाट कर्जा लिँदा १३ देखि १४ प्रतिशतको हाराहारीमा ९ वटा बैंकको ब्याजदर रहेको छ ।

कृषि विकास बैंकले ऋणीलाई १३.८८,नेपाल एसबिआई बैंकको १३.०३, नेपाल बैंकबाट कर्जा लिँदा १३.२७ प्रतिशत, प्रभु बैंकबाट कर्जा लिँदा १३.६२ प्रतिशत, लक्ष्मी सनराइज बैंक १३.६४ प्रतिशत, नबिल बैंकबाट कर्जा लिँदा १३.११ प्रतिशत, माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा १३.०१ प्रतिशत, कुमारी बैंकबाट कर्जा लिँदा १३.२४ प्रतिशत, एनएमबि बैंकबाट कर्जा लिँदा १३.६४ प्रतिशत ब्याजदर लाग्ने छ । यो भनेको अधिकतम ब्याजदर हो ।

७ वटा बैंकबाट कर्जा लिँदा १२ देखि १३ प्रतिशतको हाराहारीमा ब्याज लाग्नेछ । स्डयान्डर्ड चार्टर्ड बैंक १२.२९, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १२.९७, ग्लोबल आइएमई बैंक १२.२७, सानिमा बैंक १२.१७, सिद्धार्थ बैंक १२.७५, सिटिजन्स बैंक १२.५८ र एनआईसी एशिया बैंंकबाट कर्जा लिँदा १२.१३ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै एभरेष्ट बैंकबाट कर्जा लिँदा ११.८९ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा १०.८७ प्रतिशत ब्याज लाग्नेछ ।


क्लिकमान्डु