स्थीर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैनः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थीर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न नसक्ने बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कृषिप्रधान अर्थतन्त्र भएको मुलुकमा कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताए ।

कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिने उनले बताए ।

उनले कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पुर्‍याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्‍याउनसके मात्रै देश विकास सम्भव हुने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा गइ त्यसको मातहतमा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हाँसिल गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताए ।

डा भट्टराइले यसो भने

हाम्रो अहिलेको कृषिप्रधान अर्थतन्त्र छ । ६० प्रतिशत जनसंख्या अहिले पनि कृषिमा आश्रित छ । यसलाई यही रुपमा राखेर देश कहिल्यै विकास हुँदैन । कृषि, उद्योग र सेवाका जुन तीन वटा क्षेत्रहरु छन् । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्छ । कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशत भन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३/४० प्रतिशतसम्म पुर्‍याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्‍याउने भयो भने देश विकास हुने हो । त्यसको निम्ति स्थिर राजनीति र ठोस आर्थिक नीति चाहिन्छ । स्थिर आर्थिक नीति चाहियो । त्यसैले मेरो शुरुदेखिको प्रश्ताव के हो भने हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाऔँ । त्यस मातहतमा एउटा बलियो इकोनोमिक डेभलपमेण्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर कसरी हाँसिल गर्न सकिन्छ ? त्यस हिसावमा अघि बढौँ ।


क्लिकमान्डु