विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैनः झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देश औद्योगिकरण हुन नसक्नुको आधारभुत कारण खोज्न जरुरी रहेको बताए । देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने खनालले बताए।

विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताउनु भयो ।

झलनाथले यसो भने

देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभुत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन ।

देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्छ । राष्ट्रिय उद्योग धन्दाहरु भनेको के हो ? हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरु बनाउन सकिन्छ । बन्न पनि खोज्दैछन्, बनाउने सम्भावना व्यापक छन् ।

हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ ।


क्लिकमान्डु