विश्वकपको जर्सी केल्मीबाट विशेष छुटमा पाइने, २५ सय रुपैयाँमै डेलिभरी पाइने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि२० विश्वकपमा प्रयोग गर्ने जर्सी केल्मीबाट २५ सय रुपैयाँमै किन्न पाइने भएको छ । केल्मीले क्रिकेट समर्थकको लागि उक्त जर्सी उपलब्ध गराउने भएको छ ।

जर्सी लिन चाहनेहरुका लागि प्रि अर्डर खुला भएको छ । केल्मीले ३६ सय रुपैयाँ पर्ने जर्सी प्रि अर्डरको विशेष अफरमा २५ सय रुपैयाँमा बुकिङ खुल्ला गरेको हो । केल्मीले आफ्नो विश्वकप विशेष वेबसाइटबाट जर्सी प्रिअर्डर सुरु गरेको छ ।

केल्मीले विश्वकप विशेष वेबसाइटबाट जर्सी प्रिअर्डर सुरु गरेको छ । अग्रिम बुकिङ गरिएको जर्सीको आगामी वैशाख २८ पछि मात्रै डेलिभरी हुने भएको छ

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको थियो । विश्वकपका लागि निर्माण गरिएको विशेष जर्सीमा रातो र नीलोको जीवन्त राष्ट्रिय रंगहरू समावेश छन् ।

केल्मीका अनुसार पहेंलो रंगले पछिल्लो समय विश्व क्रिकेटमा नेपालको योद्धाको पहिचान झल्काउँछ । डिजाइनमा प्रतिष्ठित नेपालको राष्ट्रिय झण्डासँगै गैंडा र सगरमाथा पनि अंकित छ ।

केल्मी पछिल्लो ३ वर्षयता राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक किट प्रदायक रहेको र क्यानसँग सम्झौतामा हस्ताक्षर गरेको छ।


क्लिकमान्डु