केन्ट आरओको नयाँ वर्षको अफर सार्वजनिक



काठमाडौं । ईओएल प्रालिले नेपालमा केन्ट उत्पादनहरूको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित यो योजना ल्याएको जनाएको छ । यो अफर अन्तर्गत केन्टको कुनै आरओ मोडलको खरिदमा इलेक्ट्रिक केटल पाउनेछन् ।

यो ग्राहक योजना चैत २३ गतेदेखि लागू भएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू-डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू उपलब्ध रहेका छन् ।


क्लिकमान्डु