ब्ल्याक एन्ड डेकरका सामान खरीदमा हरेक हप्ता उपहार



काठमाडौं । घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक एन्ड डेकर ले आफ्नो ग्राहकहरूको लागि नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यु ज्वे, न्यु सेलिब्रेसन’ नामक योजना अघि सारेको छ ।

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले ब्ल्याक एन्ड डेकर का साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्ने छन् ।

ब्ल्याक एन्ड डेकरको कुनै पनि उपकरणको खरीदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले ब्ल्याक एन्ड डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्ने छन् ।

यस योजनामा सहभागी हुन ग्राहकबर्गहरुले विज्ञापनमा दिइएको क्युआर स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ । र साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथसाथै ब्ल्याक एन्ड डेकर का उपकरणहरुको तीस हजार माथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक एन्ड डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो योजना चैत २७ गते देखि नेपाल अधिराज्यभरी सीमित अवधिको लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर ब्ल्याक एन्ड डेकर ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


क्लिकमान्डु