यस्तो छ टीसीएलको नयाँ वर्ष लक्षित योजना



होम अप्लाएन्स ब्रान्ड टिसीएलले नयाँ वर्ष लक्षित टिसीएलको ‘दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदौ २ गतेदेखि सीमित अवधिका लागि नेपाल भरि रहेका सीजीका बिक्रेताबाट उठाउन सक्नेछन् ।

यस अफरमा ग्राहकहरुले कुनै पनि टिसीएलको सामानको खरिदमा १ लाख ६३ हजार ३०० सम्मको बचत र अन्य आकर्षक उपहारहरु पाउन सक्ने छन्।

यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।

यति मात्र नभई, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रालि रहेको छ । सीजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।


क्लिकमान्डु