यो नयाँ वर्षमा, सीजी एसडीएको उपहार योजना: दुई जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न पाउने



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजी को “नयाँ सोचौं, नयाँ रोजौं” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।

यस उपहार योजना अन्तर्गत सीजीएसडीएको नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सीजी एसडीएका उत्कृष्ट उत्पादनहरू जित्न सक्ने छन् भने बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सीजी एसडीएको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने सीजीले जनाएको छ ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले बिज्ञापनमा दिईएको क्यू आर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्नेछ ।
यो योजना चैत २३ देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु