भिभो ब्राण्डको मोबाइल बेच्ने कम्पनीको व्यापार २९ करोड ८० लाख रुपैयाँले घट्यो



काठमाडौं । नेपालको लागि भिभो ब्राण्डको मोबाइल बेच्ने आधिकारिक बिक्रेता सेलुसिटी इन्टरनेशनल प्रालिको व्यापार सन् २०२३ मा २९ करोड ८० लाख रुपैयाँले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २९ करोड ८० लाख रुपैयाँको व्यापार घटेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२१ मा १ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ देखि व्यापार गर्दै आएको कम्पनीले अंकर ब्राण्डको मोबाइल तथा ग्याजेटको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मेगा विस्डम लिमिटेडसँग वितरणको सम्झौता गरेको थियो । देशभर २२ वटा डिलर रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको व्यापार गरेको थियो ।

नेपालमा भिभो ब्राण्डको मोबाइल बेच्ने दुई वटा आधिकारिक विक्रेता छन् । भिभोले विश्वको ८ प्रतिशत बजार हिस्सा ओगटेको छ।


क्लिकमान्डु