होटल बाराहीले ६ महिनामै गर्‍यो साढे २३ करोड रुपैयाँको व्यापार



काठमाडौं । होटल बाराहीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै साढे २३ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा २३ करोड ६२ लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले चालु आवको ६ महिनाको अवधिमा उच्च व्यापार गरेको पाइएको छ । यसअघि एक आवमा पनि उक्त रकम बराबरको व्यापार गरेको थिएन । कम्पनीले सन् २०२३ मा २२ करोड ८६ लाख रुपैयाँ, सन् २०२२ मा ११ करोड ७४ लाख रुपैयाँ र सन् २०२१ मा १ करोड ६९ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९२ मा स्थापना भएको कम्पनीले विभिन्न स्थानमा चार तारे होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले लेकसाइड पोखरा र काठमाडौंको ठमेलमा सन् २०२३ मेबाट सञ्चालन गर्दै आएको छ ।

कम्पनीले होटलसँगै हाउजिङ एण्ड लिजिङ प्रालिमार्फत थ्री स्टोरे सपिङ मल पनि सञ्चालन गर्दै आएको छ । उक्त मल होटल बाराहीको सहायक कम्पनी हो । जसमा बाराही होटलको ७० प्रतिशत लगानी छ ।

हरिप्रसाद पौडेल र उनका परिवारको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ९४ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु