३ सचिवको जिम्मेवारी हेरफेर: शर्मालाई जल तथा ऊर्जा आयोगको जिम्मेवारी, अरु को कहाँ ?



काठमाडौं । सरकारले तीन जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गरेको छ । निर्णय भएको भए पनि पत्र भने बुझि नसकेको सचिव शर्माले बताए ।

जल तथा ऊर्जा आयोगका सचिव सरिता दवाडीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पठाइएको छ भने ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सिग्देल र शर्मा दुवै सडक विभागका क्याडर हुन् । शर्मा र सिग्देल सडक विभागको महानिर्देशक भइसकेका छन् । दवाडी सचिवमा बढुवा भएपछि जल तथा ऊर्जा आयोगको जिम्मेवारी दिइएको छ ।

संवैधानिक परिषदले तोयम रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको छ । उनी राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीका रुपमा कार्यरत थिए । उनी अर्थ सचिव समेत भइसकेका छन् । गत जेठ दोस्रो साता टंकमणी शर्मा सेवा निवृत्त भएपछि महालेखा परीक्षकको कार्यालय खाली छ ।


क्लिकमान्डु