एकैपटक ४३ वटा कम्पनीसँग लिखित स्पष्टीकरण मागियो, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकैपटक ४३ वटा कम्पनीसंग लिखित स्पष्टीकरण मागेको छ ।

सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

विभिन्न सार्वजनिक निकायहरुलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरण मागेको हो । चित्त बुझ्दो जवाफ नदिए कार्यालयले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउनेछ ।

चन्द्रपुर नगरपालिका, नगर कार्यापालिकाको कार्यालय,चन्द्रनिगाहपुरले तीनवटा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । रोशिस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पौराई बाबा कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । यी तीनवटा कम्पनीले काम लिएर समयमा गरेका छैनन् । तीनवटै कम्पनी रौतहटका हुन् ।

गल्छी-मैलुङ-त्रिशुली-स्याफ्रुबेसी-रसुवागढी सडक योजनाले भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । यो कम्पनीले सडक निर्माणको ठेक्का लिएर अलपत्र छाडेपछि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले सुइफा एनएचई ग्रुप लिमिटेडलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । यो चिनियाँ कम्पनीले ३७ मेगावाटको त्रिशुली जलविद्युत् आयोजना निर्माणको जिम्मा लिएर काम नगरेपछि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।

यस्ता छन् अरु स्पष्टीकरण सोधिएका कम्पनी


क्लिकमान्डु