पेट्रोलको मूल्य ४ रुपैयाँले बढ्यो, प्रतिलिटर १७५ पुग्यो




काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले भोलि बिहान (सोमबार) राती १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ ।

बढेको मूल्य अनुसार अब एक लिटर पेट्रोल किन्न १७५ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलमा ४ रुपैयाँ ७६ पैसाले बढेर आएकोले नेपालमा पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ ।

निगमका अनुसार मट्टिेलमा ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र ग्यासमा २७ रुपैयाँ ४४ पैसा घटेर आएको भएपनि ती इन्धनमा भने मूल्य घटबढ गरिएको छैन । पेट्रोल बाहेक अरु इन्धनकाे मूल्य थपघट भएकाे छैन् ।


क्लिकमान्डु