क्यालिब्रेसन फ्लाइटले त्रिभुवन विमानस्थलमा यात्रुको चाप, २ घण्टादेखि जहाजहरु ‘फनफनी’



काठमाडौं । क्यालिब्रेसन फ्लाइटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा धेरै चाप परेको छ भने अन्तर्राष्ट्रिय उडानका जहाजलाई पनि असर परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार दिउँसो १ देखि ३ बजेसम्मम आज सूचना निकालेरै क्यालिब्रेसन फ्लाइट(यान्त्रिक परीक्षण उडान) हुने भनिएको थियो । विमानस्थलमा सञ्चालित आवश्यक उपकरणहरुको चेकजाँच गर्ने क्रममा उक्त क्यालिब्रेसन फ्लाइट भएको थियो ।

उक्त फ्लाइटका कारण विमानस्थलको आन्तरिक उडानमा सबैभन्दा बढी चाप परेको छ । विमानस्थबाट बाहिर जाने जाने उडान रोकिएको कारण आन्तरिक टर्मिनल भवनमा यात्रुको चाप बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानमा केही असर परेको छ भने अन्तर्राष्ट्रियमा पनि केही जहाजले होल्ड गरेर बसेका छन् । ३ वजेपछि क्यालिब्रेसन उडान सकिएकोले वायुसेवा कम्पनीहरुलाई तालिका मिलाएर उडान अवतरण गराइरहेको र सामान्य अवस्थामा नै उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु