लगातारको वर्षाले पृथ्वी राजमार्गमा अवरोध, गल्छी वैरेनीमा एकतर्फी सवारी सञ्चालन



काठमाडौं । लगातारको वर्षाले पृथ्वी राजमार्गको ठाउँठाउँमा अवरोध सिर्जना भएको छ । वर्षातका कारण गल्छी वैरेनीमा एकतर्फी सवारी सञ्चालन भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

पृथ्वी राजमार्ग विस्तारको काम भइरहेको समयमा केही दिनयता लगातारको वर्षाका कारण धादिङ जिल्लाको गल्छी‚ बैरेनी लगायतका ठाउँमा सवारी आवागमन एकतर्फी र पालैपालो संचालन भैरहेको हो ।

अवरोध विहिन सवारी संचालनका लागि आवश्यकता अनुरुप प्रहरीहरु खटेर सम्बन्धित पक्षहरुलाई समन्वय गरिरहेको पनि छ । यातायातलाई निरन्तर संचालन गर्ने तर्फ नेपाल प्रहरी प्रतिवद्ध रहेको व्यहोरा पनि यसले जारी गरेको एक सूचनामा उल्लेख छ


क्लिकमान्डु