पर्यटन बोर्डमा ३ सञ्चालक नियुक्त



काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै बोर्डमा माघ २२ देखि रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ ।

बोर्ड सदस्य नियुक्तिसँगै १६ माघदेखि नै रिक्त रहेको बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया समेत अगाडि बढ्ने भएको छ । यद्यपि बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ ।


क्लिकमान्डु