सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । गत चैत ८ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सोबेला हालसम्मकै उच्च मूल्य कायम भई १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

उक्त रेकर्डलाई ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १५ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु