सिन्धुपाल्चोकको बलेफीमा ४० मेगावाटको हाइड्रो बन्ने, ३ वर्षमा व्यवसायिक उत्पादनको लक्ष्य



काठमाडौं । सिन्धुपाल्चोकमा ४० मेगावाटको बलेफी खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

बलेफी इनर्जी प्रालिले जुगल गाउँपालिकामा अवस्थित बलेफी खोलाको पानीलाई उपयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । आयोजना निर्माण अघि बढाउन कम्पनीले विद्युत विकास विभाग समक्ष उत्पादन अनुमति पत्र (जेनेरेस लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो ।

कम्पनीले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । विभागले सार्वजनिक सूचना निकालेर आयोजना निर्माण र सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/प्रतिक्रिया दिन सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।

अध्ययन प्रतिवेदन अनुसार आयोजनाका मुख्य भौतिक संरचनाहरु बलेफी खोलाको दायाँ किनारमा इन्टेक तथा संरचनाहरु रहनेछन् । ४१४५.३७ मिटरको हेडरेस टनेल निर्माण गरिनेछ ।

विद्युत् गृह भुमिगत हुनेछ । १३२ केभीको ३० किलोमिटर प्रसारणलाइन निर्माण गरेर यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

आयोजनाबाट आगामी ३ वर्षमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।


क्लिकमान्डु