आइएमई पे मार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस पाइने



काठमाडौँ । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस दिने योजना सार्वजनिक गरेको छ ।

फागुन १० गतेबाट सुरु भएको यो योजना दुई महिनासम्म कायम रहने छ । यो अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस पाउन सक्नेछन् ।

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने जनाएको छ ।

आइएमई पे’मार्फत संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।


क्लिकमान्डु