डिशहोम फाईबरनेटको ‘क्याच द बिग अफर’ सार्वजनिक



काठमाडौं । डिशहोम फाईबरनेटले ग्राउन्डब्रेकिंग “क्याच द बिग अफर” सुरु गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले न्यून मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेट सेवा लिन पाउँनेछन् ।

१०० एमबीपीएस इन्टरनेट प्याकेज ७ हजार ५२२ रुपैयाँमा ग्राहकले १२ महिना प्राप्त गर्न सक्न्छन् । २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७ हजार ७८८ रुपैयाँ त्यही अवधिको लागि रहेको छ । अझ छिटो गति खोज्नेहरूले ९ हजार ९१२ रुपैयाँमा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्नेछन् ।

डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ नि:शुल्क फाइभ-जी राउटर पनि प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो । बजेट-अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाईबरनेट को प्रतिबद्धतालाई संकेत गर्दछ ।

यो अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलर दाई कहाँ जानुहोस् वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्नेछन् ।


क्लिकमान्डु