माउन्टेन इनर्जीका ठूला १८ सेयरधनीः चन्द्र ढकाल, प्रदीपजंग पाण्डेदेखि मीनबहादुर गुरुङसम्म



काठमाडौं । माउन्टेन इनर्जी नेपाल हाईड्रो पावर कम्पनीमा विभिन्न १८ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् ।

कम्पनीमा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष देखि वर्तमान महासंघका अध्यक्षसम्मको लगानी रहेको छ । कम्पनीमा महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे, वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालका साथै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ लगायत १८ व्यक्ति तथा कम्पनीको सेयर स्वामित्व १ प्रतिशत भन्दा बढी रहेको छ ।

कम्पनीमा मीनबहादुर गुरुङको ४.१७ प्रतिशत, श्याम सुन्दर खेतानको ३.८८ प्रतिशत, अनिता धितालको ३.५३ प्रतिशत, प्रदीपजंग पाण्डेको २.९२ प्रतिशत, मनोहर दास मोलको २.५० प्रतिशत, चन्द्र प्रसाद ढकालको २.४३ प्रतिशत, प्रमोद कुमार खेतानको २.१७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कम्पनीमा अरुण कुमार केसीको १.९८ प्रतिशत, बाल कृष्ण थापाको १.८० प्रतिशत, नभिन खेतानको १.७६ प्रतिशत, डोलराज शर्माको १.७२ प्रतिशत, सिताराम तिमल्सिनाको १.६७ प्रतिशत, अनिन राजभण्डारीको १.६७ प्रतिशत, किरण खेतानको १.६७ प्रतिशत, सुधिर राज घिमिरेको १.३३ प्रतिशत, नवराज नेपालको १.२२ प्रतिशत र लिभरेज होल्डिङ्सको १.०६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मनोहर दास मोल, अरुण कुमार केसी कम्पनीका सञ्चालक हुन् भने सुधिर राज घिमिरे कम्पनीका अध्यक्ष हुन् ।


क्लिकमान्डु