चरा आतंकले पोखरा विमानस्थल ठप्प, १४० उडान अबरुद्ध




काठमाडौैं । चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौैंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी कुनै पनि उडान हुन नसकेको काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार चरा आतंकका कारण एउटा उडान काठमाडौंबाट जान सकेको छैन । यो आइतबार काठमाडौैंबाट पोखराको लागि १४० वटा उडान रहेको छ । यसमध्ये जम्मा १ मात्रै उडान भएको छ भने १३९ वटा उडान अझै हुन बाँकी रहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

पोखरा विमानस्थलबाट काठमाडौं बाहेक भैरहवा र विराटनगर पनि उडान हुन्छ । यो संख्या पोखराबाट हुने उडान र पोखरामा अवतरण हुनेसहितको उडान संख्या हो ।

मौसम सफा भएका कारण उडान अवतरणमा अन्य अवरोध नभएको अवस्थामा चराको भीडबाट बढेको र झुण्ड झुण्डमा चरा आइरहेकोले नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडान नै हुन सकेको छैन ।

चरा अधिक आएका कारण र धानवमार्गमा अवरोध गरिरहेको कारण एउटा जहाजले एक घण्टा आकासमा फन्को लगाउँदा पनि अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

उनले भने ‘पानी परेपछि आकाश खुल्ला जमिनमा गड्योला देखिएका कारण चरा बथानकै रुपमा आइरहेको छ । जसका कारण उक्त विमानस्थल उडान अवतरण नै हुन सकेको छैन् ।‘

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीका कारण धानवमार्गमा के कारण चरा आयो भने विमास्थल कार्यालयले खोजी गर्नुपर्ने हो । कारण र त्यसको समाधान गरेर उडान खुलाउनुपर्ने दायित्व सम्बन्धित विमानस्थल कार्यालयकै भएको पनि उनले बताए ।


क्लिकमान्डु