यस्ता छन् मन्त्रिपरिषदले गरेका १६ निर्णय



काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हुम्ला–फुकोट ४०० केभी प्रसारणलाइन अन्तर्गतको हुम्ला सबस्टेसन निर्माणका लागि ११३ रोपनी जग्गा प्राप्ती स्वीकृति दिने निर्णय गरेको छ ।

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा जग्गा प्राप्ती स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समय १५ दिन थप्ने निर्णय गरेको छ । प्रतिवेदन तयारीको काम पुरा नहुने भएपछि १५ दिन थप्ने निर्णय भएको हो । आयोगको समय शनिबार सकिदैछ ।

थपिएको समयसहित चैत २५ गतेसम्म प्रतिपेदन तयार पार्नुपर्नेछ । सरकारले विवाद समाधानका लागि सर्वोच्च अदालतकाम पूर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा कमिटी गठन गरेको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा राष्ट्रिय भुमि आयोग विघटन गर्ने निर्णय भएको छ ।

चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधी तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

३ महिना भित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेशसहित सो आयोग गठन गरिएको नेपाल सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्ता छन् बैठकले गरेका १६ निर्णय



क्लिकमान्डु