शनिबार यी ठाँउमा साढे दुई घण्टा बत्ति जाने



काठमाडौं । टेकु सबस्टेसन मार्फत आपूर्ति हुने विभिन्न स्थानहरु शनिबार बिहान ११ बजेदेखि १ः३० बजेसम्म बत्ति जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विज्ञप्ती जारी गर्दै थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्युरोड, भिमसेनथान, भोटेबहाल, लगन, सुन्धारा, खिचापोखरी, वसन्तपुरलगायतका स्थानहरुमा आपूर्ति बन्द हुने हुने उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार टेकु सबस्टेसनमा १३२११ केभी, ४५ एमभीए क्षमताका ट्रान्सफर्मर १ र २ लाई समानान्तर रुपमा राख्न लागिएको हो । सोही काम गर्नका लागि विद्युत् आपुर्ति बन्द गर्न लागिएको हो । ‘यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ’, विज्ञप्तीमा भनिएको छ, ‘उक्त कार्य चाडै सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सञ्चालन हुने सक्नेछ ।’


क्लिकमान्डु