एयरपोर्ट होटलमा फागु फेस्टिभ अफर, २ हजारमा आकर्षक मेनु प्याकेज



काठमाडौं । एयरपोर्ट होटलले शुक्रबारदेखि फागु फेस्टिभ अफर ल्याएको छ । फागु पूर्णिमाको अवसर पारेर यो अफर ल्याएको होटलका सञ्चालक विनायक शाहले बताए । होटलले नेपाली रैथाने खानाको प्रवद्र्धन गर्दै गरेकोले चाडपर्व र समयसान्दर्भिक प्याकेज ल्याइरहेको पनि उनले बताए ।

होटलले विगतमा क्वाटी पूर्णिमा तथा दशैं खाना अफर ल्याएको छ । होटलले यो वर्ष फागु फेस्टिभ अफरसँगै गोविन्दनरसिंह केसी विरियानीसमेत सार्वजनिक गरेको छ ।

होटलका मास्टर सेफ केसीप्रति आदर र सम्मान गर्दै उनकै हातबाट उक्त विरियानी सुरुवात भएको पनि शाहले बताए ।

यो होटलमा खानाको पूरा प्याकेजसहित १ हजार १ सय ९९ रुपैयाँको मेनु पनि सार्वजनिक गरेको छ ।

उक्त मेनुको स्न्याक्समा माछा तारेको, चरा साँधेको, पनिर, कुरकुरे र आलु पुदिना राखिएको छ । सलादमा होटलले स्लिम र ट्रिम, बन्दा गोबी साँधेको, बगैँचा सलाद, रिजी रिजी सलाद राखेको छ ।

यो मेनुको सुपमा खसीको सुरुवाको झोल, कोदोको रोटी, फापरको लठ्टी राखिएको छ ।

मुख्यखानामा मटन विरियानी, नरम चराको रस, माछा तारेको, साग झानेको, ताजा तामाको तरकारी, गोबी मटर मसला, जिम्मु झानेको, कालो दाल, सादा भुजा र फुल्का रोटी रहेको छ ।

होटलले राखेको यो प्याकेजको मेनुमा मुखमिठा अन्तर्गत भाङको लड्डु, सेतो पेडा, मुग दालको हलुवा राखेको छ भने पेयदार्थमा झानेको मोही र घोट्टा रहेको होटलले तयार पारेको उक्त २ हजार रुपैयाँको प्याकेज मेनुमा उल्लेख छ ।


क्लिकमान्डु