दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ



काठमाडौं । भारतीय राजनीतिका प्रमुख प्रतिपक्षी नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाललाई पक्राउ गरिएको छ ।

केजरिवाल आवद्ध रहेको आम आदमी पार्टीकाअनुसार उनलाई भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो । भारतको प्रवर्तन निर्देशनालय (इडी)ले दिल्लीको मदिरासम्बन्धी नीतिको उल्लंघन गरेको आरोपमा केजरिवाललाई पक्राउ गरेको हो ।

बिहीबार साँझ सात बजे इडीको टोलीले केजरिवालको घरमा छापा मारेको उनको पार्टीले जनाएको छ । त्यसपछि दुई घन्टा लामो सोधपुछ गरिएको र उनलाई ९ बजे पक्राउ गरिएको बताइएको छ । यहि मुद्दामा ६ महिनाअघिबाट आम आदमी पार्टीकै अर्का नेता सञ्जय सिंह पनि जेलमा रहेका छन् ।

भारतको राजनीतिमा पदमा रहँदा नै पक्राउ पर्ने पहिलो मुख्यमन्त्री केजरिवाल भएका छन् । हाल भारतीय सञ्चारमाध्यमले जनाएअनुसार केजरिवालको मुद्दामा शुक्रबार नै भारतको सर्वोच्च अदालतमा सुनुवाई हुने सम्भावना रहेको छ ।


क्लिकमान्डु