एआईमार्फत भविष्यमा हुन सक्ने स्वास्थ्य जटिलताको प्रक्षेपण



एजेन्सी । एआईको बढ्दो प्रयोग र विकासकाबीच एआईको प्रयोगबाट भविष्यमा हुन सक्ने जटिलताहरुको प्रक्षेपण गर्न सक्ने भएको छ ।

बेलायतका अनुसन्धाताहरुको टोलीले तयार गरेको एआईको प्रयोग गरेर कुनै पनि बिरामीको स्वास्थ्य अवस्थामा भविष्यमा आउन सक्ने जटिलताहरुको प्रक्षेपण गर्न सकिने पाइएको हो ।

किंग्स कलेज लण्डन, युनिभर्सिटि कलेज लण्डन, किंग्स कलेज हस्पिटल एनएचएस फाउन्डेसनलगायतले विकास गरेको फोरसाइट नामक एआईको सहायताले स्वास्थ्यमा हुन सक्ने जटिलताको प्रक्षेपण गर्न सक्ने देखाएको हो ।

फोरसाइट च्याटजिपिटीजस्तै मोडलको एआई हो, तर यसलाई भने एनएचएसका विद्युतीय रेकर्डहरुमा आधारित रहेर तयार गरिएको अनुसन्धानताहरुले जनाएका छन् ।

यो एआईलाई ८ लाख ११ हजार बिरामीहरुको स्वास्थ्यसम्बन्धि तथ्यांक प्रेषण गरि तयार पारिएको छ । अमेरिका र लण्डनमा सार्वजनिक रुपमा उपलब्ध रहेका तथ्यांकहरुबाट तयार गरिएको यो एआईले सम्बन्धित व्यक्तिमा भविष्मया हुन सक्ने १० किसिमका बिरामीहरुको प्रक्षेपण गरेको थियो ।

फोरसाइटले गरेको प्रक्षेपणमध्ये लण्डनका बिरामीहरुमा ६८ प्रतिशतदेखि ७६ प्रतिशतसम्म र अमेरिकी बिरामीहरुमा ८८ प्रतिशतसम्म मिलेको अनुसन्धाताहरुले जनाएका छन् ।

समाचार संस्था स्काई डट कमकाअनुसार एआईको प्रयोगबाट स्वास्थ्यको क्षेत्रमा यो निकै ठूलो विकासका रुपमा लिइएको छ । हाल भने यी अनुसन्धाताहरुको टोलीले थप अस्पतालहरुको संलग्नतामा फोरसाइट २ को मोडल तयार गर्नमा लागेको र त्यो मोडल थप सही हुने र प्रक्षेपण पनि थप मिल्ने बताएका छन् ।


क्लिकमान्डु