सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गत फागुन २७ गते हालसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य बिहीबार बढेर उक्त रेकर्ड तोडिएको हो ।

फागुन २७ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । उक्त रेक्र्ड ब्रेक गर्दै बिहीबार सुनको मूल्यले नयाँ इतिहास कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले बढेर १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु