कांग्रेस सरकारबाट बाहिरिएपछि मोहन विक्रम सिंह छाती पिटिपिटी रोइरहेका छन्: ओली



काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन् ।

कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने सोचपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको टिप्पणी थियो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले श्रीमतीले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह केका लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको बताए । उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाइन्छ भनेर कांग्रेसको पछि लागेको आरोप लगाए ।

‘मुख्य कुरा हाम्रो काम । सक्रियता र सफलता । सफल बनायौं भने सबै चिज आउँछ । सफल बनाउन सकेनौ भने र, असफल हुँदै गयो भने मान्छे फ्रष्टेडेड हुन्छ । एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईहरुले पनि चिन्नुहुन्छ होला । मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको,’ ओलीले भने, ‘कांग्रेस बाहिर रह्यो सरकारबाट । कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्योहोला सम्झिन्छन् । फेरि ग्वाग्वा रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे । कम्युनिष्ट भनेर जिन्दगी भर ढाँटयोढाँटयो । बुढेसकालमा गएर के का लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो ।’


क्लिकमान्डु