चितवनमा महिला नेतृत्व कृषि सम्मेलन हुँदै



काठमाडौं । चितवनमा महिला नेतृत्व कृषि सम्मेलन हुने भएको छ।

नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम ९सिएनआइडब्लुएलएफ० को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ हुने भएको हो।

सम्मेलनको मुख्य नारा कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दीगोपन र उद्यमशीलताको प्रवद्र्धन गर्नु रहेको छ।

सम्मेलनमा कृषि नवप्रवर्तन, दीगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषयमा छलफल फोरमकी सभापति छायाँ शर्माले जानकारी दिइन्। ‘कृषिमा कसरी प्रविधि जोड्ने र कसरी व्यवसायीक बनाउने भन्नेबारे छलफल गर्छौं,’ उनले भनिन्।

उनका अनुसार त्यसका साथै महिलामूखी कृषि यान्त्रीकरण, नेपाको माटो सुहाउँदो कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुनेछ।

कृषिको महत्व बुझाउन र दीगो भएर लाग्न यो सम्मेलनले उत्प्रेरित गर्ने उनको भनाइ छ।

‘अहिले कृषि सरकारको प्राथमिकतामा नपरेको र कृषकलाई पनि हिनताबोध हुने क्षेत्र परेको छ,’ उनले भनिन्, ‘कृषकलाई प्रोत्साहन गर्न यो सम्मेलन गरेका हौं।’

सम्मेलनमा विभिन्न ठाउँबाट कृषकहरूको समेत सहभागिता रहनेछ। ठूलो मात्रामा कृषकको संख्या चितवनमा रहेको कृषि सम्मेलन चितवनमा गरिएको नेपाल उद्योग परिसंघ, चितवनका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिए।

सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरू पेश गरिने आयोजकले जानकारी दिएको छ।

आयोजनका अनुसार सम्मेलनमा कृषकका उत्पादन तथा कृषि प्रविधि पनि प्रर्दशनीमा राखिने छ। उक्त सम्मेलन आगामी चैत १७ र १८ गते दुई दिनसम्म हुने आयोजकले जानकारी दिएको छ। सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी शाहले गर्ने छिन्।

नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका र चितवन उद्योग संघको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनको सहयोगी संस्थाहरूमा युएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नविल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योरेन्स रहेका छन्। परिसंघको महिला नेतृत्व फोरमले गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन गरेको थियो। यस फोरमले महिला उद्यमीहरूको सशक्तिकरण तथा प्रवद्र्धनका काम गर्दै आएको छ।


क्लिकमान्डु