जागिरभन्दा अगाडि नै सामाजिक सुरक्षा नम्बर लिनुपर्ने



काठमाडौं । सरकारले अब जागिरभन्दा अगाडि नै सामाजिक सुरक्षा नम्बर लिनुपर्ने व्यवस्था गर्ने भएको छ ।

मंगलबार सार्वजनिक गरेको गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमार्फत रोजगारी उमेर भएका व्यक्तिलाई ‘काम अघि सामाजिक सुरक्षा नम्बर’को अनिवार्य व्यवस्था गर्ने घोषणा भएको छ । यो व्यवस्थामार्फत नयाँ प्रणालीलार्य प्रभावकारी र दीगो बनाउने भएको छ ।


पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गरी श्रमजीवीहरुको तथ्यांक व्यवस्थित गर्ने भएको छ


क्लिकमान्डु