टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो ९८ इन्चको एलईडी टिभी



काठमाडौं । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजीमा विश्वव्यापि अग्रणी टिसिएलले नेपालको सबैभन्दा ठूलो ९८ इन्चको क्युडि–मिनी एलईडि टिभी ल्याएको छ । टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्युडि-मिनी एलईडि टिभी नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ, ९८ इन्चको क्यु.डि-मिनी एलईडि टिभीले दृश्य उत्कृष्टताको लागि नयाँ मानक सेट गर्दछ, जसले उपभोक्ताहरूलाई असाधारण रूपमा जीवन्त र इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ ।

टिसिएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टिभीले १ अर्बभन्दा बढी जीवन्त र सटीक रंगहरू प्रदर्शन गर्दछ, डिसिआई–पि३ मानक अनुसार ९६ इन्च सम्मको फराकिलो रङ भोल्युम प्रदान गर्दछ । चलचित्र हेर्ने, खेल खेल्ने वा स्ट्रमिङि सामग्री, प्रयोगकर्ताहरूले आफूलाई बेजोड चमक र गहिराइको साथ रंगहरूको संसारमा डुबाउन सक्ने कम्पनीको भनाई छ ।

यसमा ५०० भन्दा बढी लोकल डिमिङ जोन, एचडीआर १३०० निट्सको ब्राइटनेस, एआईपीक्यू प्रोसेसर ३.०, एचडीआर १०+, डल्बी भिजन एट्मस, गेम मास्टर २.०, एएमडी फ्रिसिंक प्रिमियम प्रो जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।

एआई पिक्चर क्वालिटी प्रोसेसरस् एआई (संचालति प्रोसेसरले प्राकृतकि संसार जस्तै जीवन्त रंग, उत्कृष्ट कन्ट्रास्ट र क्रिस्टल स्पष्टताका साथ दृश्यहरू पुर्न उत्पादन गर्दै छवि गुणस्तर बुझ्छ र अप्टिमाइज गर्ने छ ।
टिसिएल उपभोक्ता इलेक्ट्रोनक्सि उद्योगको एक अग्रणी खेलाडी हो, जुन क्युलेड प्रविधिलाई अंगाल्ने र दैनिक जीवनमा सुधार गर्ने अत्याधुनिक उत्पादनहरू प्रदान गर्नका लागि परिचित छ ।


क्लिकमान्डु