कारले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु



काठमाडौं । मोटरसाइकललाई कारले ठक्कर दिँदा मालपोत अधिकृतको मृत्यु भएको छ ।

आइतबार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार अगाडि कारको ठक्करबाट मोटरसाइकल चालक तिलक बहादुर रावतको मृत्यु भएको हो ।

बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका प्रमुख (मालपोत अधिकृत) ४२ वर्षीय तिलक बहादुर रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत थिए ।

कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का ५३ वर्षीय अलाउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्लिकमान्डु