यस्तो छ सीजीको फ्री एसी सर्भिस क्याम्प अफर



काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ ।

यस क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने सीजीले जनाएको छ ।

एसीको कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशत सम्मको छुट, एक्सचेन्जमा ५० सम्मको अतिरिक्त मूल्यांकन र नयाँ एसी खरिद गर्दा २०५ सम्मको छुट दिने अफर रहेको छ ।

यस अफर मार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अबस्थाको एसी एक्सचेन्ज गर्न सक्ने सीजीले जनाएको छ ।

ग्राहकले सीजी इलेक्सको बेवसाइट मार्फत आफैले आफ्नो सामानको मूल्यांकन गर्न सक्ने छन् ।

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन् । यो अफरले ग्राहकहरूले गर्मीलाई स्वागत गर्न र गर्मीको झन्झट बाट मुक्त हुन सक्नेछन् ।

सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको जनाएको छ ।

गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको जनाएको छ । हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको जनाएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ ।

सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम सिरिजको सेग्मेन्ट हो। सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी बाण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको छ ।


क्लिकमान्डु